Thursday, November 18, 2010

Origine of Scripts and its DEvelopment

लिपिको उत्पत्ति र विकास




नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित बृहत् नेपाली शब्दकोशमा उच्चारित ध्वनि वा वर्णलाई अक्षर भनिएको छ । ध्वनि लिखित र उच्चारित दुई प्रकारका हुन्छन् । ध्वनिलाई अंकित गर्न कुनै एउटा रेखा वा रेखासमूहबाट विभिन्न प्रकारका आकृतिहरू बनाइन्छन् ।

ध्वनिलाई अक्षरको रूपमा रूपान्तरण गरेर लामो समयसम्म सुरक्षित राख्न र आवश्यक पर्दा पहिलेको ध्वनिलाई स्मरण गर्न सुबिधा होस् भन्ने उद्देश्यले अक्षरको सृष्टि भएको हुनु पर्दछ । किनभने कुनै विचार वा कुरा आदि छ महिनाको अवधि भित्रैमा बिर्सन सकिन्छ भने लामो समय सम्ममा त नबिर्सने कुरै भएन । त्यसै कारणले पूर्वीय दर्शन अनुसार ब्रह्माजीले पत्रमा उतारी दिएका अक्षरहरू सृष्टि गर्नु भएको हो भन्ने पौराणिक भनाई छ । यदि ब्रह्माजीले उक्त लिखित आँखा नबनाई दिनु भएको भए मानिसको यस्तो असल गति हुने थिएन भन्ने कुरा नारदस्मृतिमा पनि उल्लेख भएको छ ।

यस प्रकार पूर्वीय दर्शन अनुसार पृथ्बीको उत्पत्तिको साथै लिपिको पनि उत्पत्ति भएको हो, यो पृथ्वीको उत्पत्ति ब्रह्माजीले गरेका हुन् । तसर्थ लिपिको विकासको क्रम अनादि समय देखि चली आएको हो भन्ने कुरा श्रीमद्भागवत् महापुराणमा पनि उल्ल्ेख भएको छ । ब्रह्माजीको चार मुखबाट चार वेद र हृदयबाट ओंकार उत्पन्न भएको हो । उष्णिक, गायत्री, त्रिष्टुप, अनुष्टुप, जगती र बृहती छन्दहरू उनको शरीरका विभिन्न अंगहरूबाट उत्पन्न भएका हुन् । त्यस्तै पञ्चवर्ग, क,च,ट,त,प अर्थात क देखि म सम्मका अक्षरहरू तथा अकारादि स्वरहरूको उत्पत्ति भएको हो । ऊष्मवर्ण तथा अन्तस्थः अर्थात श, ष, स, ह एवं य, र, ल, व उनको विभिन्न इन्द्रीयहरूबाट उत्पन्न भएका हुन् ।

आज प्राप्त भएको ब्राह्मी लिपिभन्दा पहिलेको ब्रह्माजीले सृष्टि गरेको स्वर र ब्यञ्जनका चिन्हहरूको आकार प्रकारबाट संशोधित हुँदै आएका हुन् भन्ने यो लेखकको विश्वास छ । ब्रह्माजीले उत्पन्न गर्दाको अवस्थाको आकृति नै आज प्राप्त भएको ब्राह्मी लिपि हुन सक्दैन । आज प्राप्त ब्राह्मी लिपि भन्दा पूर्व कुनै न कुनै रूपको लिपि प्रचलनमा रहेको हुुनुपर्दछ ।





बाह्मी लिपिः लुम्बिनीको स्तम्भ लेखबाट



सीधा र बक्र रेखाको योगबाट बनेको आकृति अक्षर र अक्षर हरूको समूह नै लिपि हो । जैन साहित्यको समयोग सूत्रमा अठार लिपिहरूको वर्णन पाइन्छ । बौद्धग्रन्थ ललित बिस्तरमा चौसठ्ठी लिपिहरूको वर्णन गरिको छ । यी लिपिहरू मध्ये ब्राह्मी लिपिको नाम पहिलो स्थानमा रहेको छ । ब्रह्माबाट सृष्टि भएको कारणले ब्राह्मी भनिएको हुनु पर्दछ ।

लिच्छबी लिपिः

समय बित्दै जाँदा लिपिमा पनि परिवर्तन हुँदै जानु स्वभाविक प्रकृया हो । प्रत्येक लेखकले आफुलाई जसरी सजिलो हुन्छ, त्यसैगरी लेख्दछ । त्यस कारणले मूल नमूनामा संशोधन र परिवर्तनहुन जान्छ । त्यो परिवर्तित नमूनालाई पनि नमूना मानी लेख्दै आउँदा पछिल्ला पुस्ताहरूका अक्षरको मूल ढाँचामा धेरै परिवर्तन हँुदै आएका हुन्छन् । त्यसैगरी जति–जति समय बित्दै जान्छ, त्यति–त्यति मूल नमूनामा संशोधन भएर लिपिको आकृति फरक पर्दै जान्छ । भारतको गुप्त कालमा आउँदा सम्म ब्राह्मी लिपिमा धेरै परिवर्तन भै सकेको थियो । त्यस कारणले गुप्तकालमा लेखिएको लिपिलाई भारतीयहरूले गुप्तलिपि भन्ने नामाकरण गरेका छन् । भारतको गुप्तकालमा लेखिएका हस्ताक्षर जस्तै लिपि नेपालमा पनि छन् । नेपालमा रहेको त्यस्ता हस्ताक्षरहरूलाई पनि भारतीय नाम गुप्तलिपि भन्नु उचित थिएन । त्यसै कारणले गुप्तकालको समकालीन नेपालको लिच्छवीकाल भएकोले, सम्बत् २०१७ मा आएर ब्राह्मी लिपिबाट परिवर्तन हुँदै आएको लिपिलाई लिच्छबी लिपि नामाकरण गरिएको हो ।

लिच्छबी कालमा पनि लिपिको विकासको क्रम जारी नै थियो । एउटै लिच्छबी कालको पूर्वार्ध र उत्तरार्धतिर लेखिएका हस्ताक्षरहरूका आकृतिमा पनि भिन्नता हुँदै आएका छन् । त्यस कारणले लिच्छबी कालको हस्ताक्षरहरूलाई दुई भागमा वर्गिकरण गरेर पूर्व लिच्छबीकालीन र उत्तर लिच्छबीकालीन लिपि भन्ने प्रचलन चलेको छ ।

पूर्व लिच्छबी लिपि, देउपाटनको रत्नसंघको अभिलेखबाट



उत्तर लिच्छबी लिपि, राष्ट्र्यि अभिलेखालयमा रहेको स्कन्धपुराणबाट,







देवनागरी लिपि

ब्राह्मी लिपि परिवर्तित र संशोधित हुँदै आउँदा देवनागरी लिपिको सृष्टि भएको हो । प्रत्येक अक्षर र ब्यञ्जनका अधिपति वा स्वामि कुनै न कुनै देवता मानिन्छन् । अक्षरको स्वामि देवता भएको कारणले देवनागरी लिपि भनिएको हुनु पर्दछ । आजभोली हामीले लेख्ने पढने अक्षर जस्तै सुुरुसुरुमा देवनागरी लिपि थिएन । आज हामीले लेख्ने पढने लिपि पनि समय बित्दै गएर परिवर्तित रूपमा आजको अवस्थामा आएको हो । यो पनि पछि परिवर्तन हुदै जाने छ ।

















बाह्मी लिपिबाट देवनागरी लिपि सम्मकोे विकास क्रम



















आधुनिक उपकरणको प्रभाव ः

लिपिमा उपकरणहरूको पनि प्रभाव पर्दै आएको छ । प्रेस र टायप राइटरको विकास पछि लिपिको ढाँचामा परिवर्तन भएको थियो । अब कम्प्यूटरको प्रभावले गर्दा देवनागरी लिपिमा पनि धेरै परिवर्तन हुँदै आएको छ ।

देवनागरी लिपि ब्राह्मी लिपि कै संशोधित स्वरूप हो भन्ने कुरामा कुनै शंका छैन । उपलब्ध ब्राह्मी लिपि भन्दा पहिले पनि कुनै लिपि प्रचलनमा आएको हुुनु पर्दछ भन्ने सन्दर्भमा अध्ययन गर्दै जाँदा लिपिको पश्चिम एशियाको इतिहासबाट आज भन्दा नौ हजार वर्ष अधि देखि चित्रवत लेखन प्रणालीको विकास हुँदैआएको देखिन्छ ।

लिपिकोे पश्चिम एशियाली इतिहास

लिपिको इतिहास भन्नु नै मानव सभ्यताको इतिहास हो । सिकार गर्ने सामग्रीको खोज पाषाण युगका मानिसहरूको पहिलो आविस्कार थियो । बलियो र चुच्चो परेको धारिलो ढुंँगाले प्रहार गरेर सिकार गर्द थे । तिनै चुच्चो ढुँगाले कोरेर गुफामा रुखपात र पशुपक्षीहरूको चित्र बनाएर अभिलेख राख्ने गर्दथे । सिकारमा बन्यजन्तुसंंग भएको संघर्ष र विजय प्राप्त गरेपछि ती जन्तुहरूको चित्र गुफामा बनाउँथे ।



कालान्तरमा यिनै चित्रहरूबाट शांकेतिक चिन्हहरू बनाएर शब्द र वाक्यहरूको प्रतिनिधित्व हुन थाल्यो । चित्रको ठाउँमा चिन्हहरूको विकास भयो र परस्पर संंचारको माध्यम बन्यो । यसैबाट लिपिको विकासकोक्रम सुरु भयो । लगभग ई.सा. पूर्व १७०० देखि ई.सा. पूर्व १५०० को बीचमा अक्षरले चित्रलाई प्रतिस्थापन गरेको हो भन्ने विद्वानहरूको निस्कर्ष देखिन्छ ।

बर्तमान हेब्रू लिपि ई.सा. पूर्व ६०० ई. तिर प्रचलनमा आएको थियो भने ई.सा. पूर्व ४०० वर्ष तिर ग्रीक लिपिको विकास भएको थियो । ग्रीक पछि बेञ्जामिन र रोमन तथा त्यस पछि ल्याटिन लिपिको विकास भएको हो भन्ने विद्वानहरूको भनाई छ ।

भनिन्छ ग्रीसका विद्वान क्याडमस ९ऋबमmगक० ले पहिलो पटक अक्षरको आविस्कार गरेर कागजमा एक अर्कालाई सूचना आदान प्रदान गरेका हुन् ।

चीनमा ढुँगामा खोपेको ठाउँमा ध्वाँसो र बत्तीको तेल फेटेर कालो आंगारिक मसी बनाएका थिए । त्यही मसी लगाएर चित्रलाई स्पष्ट र आकर्षक बनाउँथे । ई.सा. पूर्व २६९७ ई. मा चिनियाँ दार्शनिक त्ष्भल ीअजभग ले मसीको खोज गरेका हुन् । चिनमा ई.स. पूर्व १२०० इर्. सम्ममा राम्रा विभिन्न रंङ्गका मसी बनी सकेका थिए ।

भाषाको विकास भएपछि त्यो भाषाको अभिलेख राख्नको निमित्त अक्षरको विकास भएको हुनु पर्छ भन्ने सामान्य ज्ञानले अनुमान गर्दछ । त्यसैले लेख भन्दा भाषा धेरे अधिदेखि सुरु भएको हुनु पर्दछ । सम्भवतः मानिसको उत्पत्ति संगै । पहिले हा ..हू.... गर्ने स्वरले एक अर्कोसंग सम्पर्क राख्ने, जंगली जनावरलाई धपाउने गरेको हुनु पर्छ । लगभग ई.सा. पूर्व २५,००० देखि ३०,००० वर्ष पूर्व गुफाहरूमा चित्र बनाउने गर्थे भन्ने विद्वानहरूको भनाई देखिन्छ ।

लगभग ९,००० वर्ष पूर्व नवपाषण युगमा सिकार गरिएका जन्तुहरू वा पशुहरूको गणना गर्न साना ढुंगामा कोरेर सम्झनाको निमित्त राख्ने गरेको चिन्हहरू पनि भेटिएका छन् ।

















लगभग ई. सा पूर्व ४१०० देखि ३८०० वर्ष तिर सुमेरियाली ९क्गmभचष्बल० सभ्यतामा माटाको चक्कामा लेखेर अभिलेख राख्ने प्रचलन सुरु भएको हो भन्ने तथ्य मेसोपोटायियाको यूरुक भन्ने ठाउँको उत्खननबाट देखिन आएको छ ।

मेसोपोटामियामा पाँचहजार वर्ष पूर्व नै अक्षर हरूको आविष्कार भै सकेको थियो । जब मानिस ससाना समूहमा गाँउँहरूमा बस्न थाले, तब सबैले सबैलाई चिन्दथे । कस्को कति पशु वा जमीन छ भन्ने कुरा सबैलाई याद हुन्थ्यो । जब जनसंख्या बढ्यो र शहर बन्यो, तब राजालाई हिसाब किताब राख्न, कर असूल गर्न आदिको निमित्त अभिलेख राख्नु पर्ने भयो । यस्तो अभिलेख माटाको चक्कामा चित्रवत रूपमा लेखेर त्यस समयमा राख्ने गरेका थिए भन्ने कुरा मेसोपोटामिया को यूरुक भन्ने ठाउँको उत्खननबाट प्राप्त ई. सा पूर्व ३,२०० वर्ष अधि चित्रात्मक पद्धतिमा लेखिएका माटाका यी चक्काहरूले प्रमाणित गरेका छन् ।



माथिका चित्रहरूले मानिसको बिचार या धारणाको प्रतिनिधित्व गरेका छन् । पछिपछि यिनै चित्रहरूले स्वरको पनि प्रतिनिधित्व गर्न थालेको हुनुपर्छ ।













शीर खुट्टा घाम हात नारी

यस प्रकार माटाका चक्कीहरूमा तीखो बस्तुले कोरेर जे कुरा लेख्नुथियो त्यहीबस्तुको चित्र अंकित गरिन थालियोे । जस्तो मानिसको शीर, खुट्रटा, धाम, हात नारीलाई बुझाउन यस्ता चिन्ह बनाउने गर्थे भन्ने कुरा माथिको माटाको चक्कीमा लेखिएका चिन्हहरूले शंकेत गरेका छन् ।

सुरुमा मानिस भूमि र भूमिजन्य उत्पादन गरेर समूहमा बस्न थालेपछि भूमि र पशु आदि बस्तुहरूलाई सम्बोधन गर्न अक्षर वा लिपिको निर्माण भएको हुनु पर्दछ । भनिन्छ मेसोपोटेमिया र त्यसका नगीचका क्षेत्रहरू नै पहिलो लिपि निर्माता हुन सक्दछन् । ग्रीक भाषामा नदीहरूको बीचको भू–भागलाई मेसोपोटामियाँ भनिन्छ । खास गरेर तिग्रस र यूफ्रेट नदीको बीचको भाग, आजको इराक, सिरियाको उत्तरी क्षेत्र, टर्कीको दक्षिणी भाग र इरानको दक्षिणीभाग नै मेसोपोटेमिया भनिन्थ्यो । त्यही क्षेत्रमा अक्षरको ब्यञ्जन र स्वर पनि परिभाषित भएका थिए भन्ने विद्वानहरूको विश्वास छ ।

मेसोपोटेमियाबाट मिश्र तिर लागौंं । मिश्रमा ई. सा. पूर्व ४००० वर्षको अन्ततिर चित्र लेखन प्रक्रियाको विकास हुन लागेको थियो । सबै भन्दा पुरानो ई. सा. पूर्व ३१०० वर्ष पूर्व को राजाहरूले श्रृंगारको प्रसाधन राख्न बनाइएको गाईको शीरको आकारको पात्र नर्मर प्यालेट ९ ल्ब्च्)ःभ्च् एबििभतभ ० भेटिएको छ । त्यो प्यालेटमा बहादुरीको प्रतीक चित्रहरू कूँदिएका छन् । यो प्यालेट क्यानाडाको रोयल ओन्टारियो म्यूजियम, टोरन्टोमा आज पनि सुरक्षित छ ।













भनिन्छ पहिलो पटक चित्रलाई स्वरमा रूपान्तरण मिश्रमा भएको हो । यो मुख को चिन्ह हो । मिश्रमा मुखलाई री भन्दछन् ।

No comments:

Post a Comment